मकवानपुर । मकवानपुरमा आज शुक्रबार बिहान बस र म्याजिक गाडी एकआपसमा ठक्कर खादा एकजनाको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका-६ स्थित लाेथरमा बस र म्याजिक ठाेकिँदा म्याजिक चालककाे मृत्यु भएकाे हो।
बिहान करिब ३ बजे भएकाे दुर्घटनामा राक्सिराङ गाउँपालिका-४ बस्ने ३२ वर्षका सन्देश काेइरालाकाे निधन भएकाे मकवानपुर प्रहरीले जनाएको छ।
चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ च ३०१२ नम्बरको म्याजिक गाडी आपसमा ठोकिएका हुन्।
म्याजिकमा चालक मात्रै रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए।
चालक कोइरालाको खुट्टा, टाउको र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई चितवन नयाँ मेडिकल कलेज भरतपुर पठाइएकामा डाक्टरले मृत घाेषणा गरेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, ०८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु