विराटनगर । फेसबुकमा चिनजान भएकी किशोरीलाई विवाहको प्रलोभन देखाएर बलात्कार गरेको आरोपसहित एक प्रहरी जवानविरुद्ध किटानी जाहेरी परेको छ ।
विराटनगर महानगरपालिका-१५ घर भई कोशी प्रदेश प्रहरी गणमा कार्यरत साह थरका प्रहरी जवानविरुद्ध ती किशोरीले किटानी जाहेरी दिएकी हुन् । उनले जाहेरीमा आफूलाई बिहेको आश्वासन दिएर गत भदौमा भेट्न बोलाएको र बलात्कार गरेको उल्लेख गरेकी छन् ।
उनीहरूबीच २०८१ साल जेठदेखि फेसबुकमा चिनजान भएको थियो । सामाजिक सञ्जालमा नै साहले ती किशोरीलाई विवाह गर्ने आश्वासन दिएपछि भेटघाट हुने गरेको पीडित युवतीले जाहेरीमा लेखेकी छन् । इलाका प्रहरी कार्यालय बिर्तामोड झापामा दिइएको जाहेरीअनुसार साहले युवतीलाई गत भदौ ७ गते सुरुङ्गामा भेट्न बोलाएका थिए । भेटका क्रममा रात परिसकेको भन्दै होटलमै बस्न भनेको उनको भनाइ छ ।
आफू घर फर्किन खोज्दा ‘तिमीलाई एक्लै छोड्दिन, केही हुँदैन’ भन्दै होटलमा राखेको जाहेरीमा उल्लेख छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर प्रकाश विष्टले पीडितले किटानी जाहेरी दिएको बताए ।
उनले भने, ‘१९ वर्षिया युवतीले किटानी जाहेरी दिनुभएको छ । यस विषयमा अनुसन्धान सुरू भएको छ । अहिलेसम्म पक्राउ पुर्जी भने जारी भएको छैन । पीडितले भेट्न बोलाएर आफूलाई सुरुङ्गाको होटल क्विन प्यालेस राखेको बताएकी छन् । कोठामा छिरेलगत्तै शाहले जबरजस्ती अँगालो हालेर बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
आत्महत्याको प्रयास
झापाका पत्रकार र अधिकारकर्मी गुहारेकी ती किशोरीले साहले बिहे नगर्ने भनेपछि आफूले धेरै पटक आत्महत्याको प्रयास गरेको समेत बताएकी छन् । उनले केही दिनअघि पत्रकारसँग कुरा गर्दै उनले आफूलाई केही दिनसम्म बिहेको आश्वासन दिएको बताइन् ।
कानून व्यवसायी अर्जुन बस्नेतसहितको टीमको सहयोगमा जाहेरी दर्ता भएको छ । अधिकारकर्मी र स्थानीय नेताले दबाब दिएपछि प्रहरीले जाहेरी लिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०८१, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालकुमारीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस