काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवशेन आगामी वैशाखमा नहुने निश्चित भएको छ । तल्लो तहमा निर्वाचित कार्यसमिति गठन हुन नसकेका कारणले पूर्वघोषित कार्यतालिका अनुसार निर्धारित समयमा महाधिवशेन नहुने भएको हो ।
१ र २ असोजमा बसेको राष्ट्रिय भेलाले २५, २६ र २७ २०८२ वैशाखमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको थियो । १२ मा बसेको केन्द्रीय समिति बैठकले महाधिवशेनको स्थानका लागि चितवन तय गरेको थियो ।
पूर्वनिर्धारित कार्यतालिका कार्यान्वयन भएको भए यो महिनामा पालिका र जिल्ला अधिवेशन सकिने थियो । तर, वडा तहको अधिवेशन अघि नबढ्दा पालिका संरचनाको अधिवेशनले गति लिन सकेको छैन । यसले समग्र तालिका नै प्रभावित भएको छ ।
हालसम्म ६ वटा पालिकाको मात्रै अधिवेशन सकिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए । ‘कार्यतालिका अनुसार यतिबेला जिल्लाको अधिवेशन हुनुपर्ने हो । तर, तोकिएको समय अनुसार हुन सकेको छैन, बुर्लाकोटीले अनलाइनखबरसँग भने ।
महाधिवेशनकेन्द्रित छलफल गर्ने गरी अर्को साता रास्वपाले केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । महाधिवशेन तोकिएकै समयमा गर्ने गरी विकल्पमा पार्टी भित्र अनौपचारिक छलफल भइरहेको छ ।
तल्लो तहको अधिवेशन नगरी केन्द्रीय तहको गर्ने वा नयाँ कार्यतालिका बनाएर तहगत अधिवेशन गराउँदै केन्द्रको गर्ने गरी दुई विकल्पमा केन्द्रीय समितिमा छलफल हुने बुर्लाकोटीले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०८१, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने रास्वपाको तयारी
रास्वपा शीर्ष नेतृत्वबीच सरकार गठन र रणनीतिबारे छलफल
रास्वपाको अभिमुखीकरणमा आज सभापति लामिछानेले सम्बोधन गर्ने
रास्वपाको नवनिर्वाचित सांसदलाई अभिमुखीकरण, यस्तो छ कार्यतालिका
रास्वपाका नवनिर्वाचित सांसदलाई आजदेखि अभिमुखीकरण कार्यक्रम, मोबाइल लैजान निषेध
समानुपातिक सूचीप्रति रास्वपा कोशी कार्यवाहक अध्यक्षको असन्तुष्टि