गोरखा । गोरखामा एसईई दिइरहेका एक किशोरको बूढीगण्डकी नदीमा डुबेर मृत्यु भएको छ।
आरुघाट गाउँपालिका–१ का १६ वर्षीय युनिष गुरुङको बूढीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
‘आरुघाट–४ थुमीमा एसईई दिन आएका उनी आज साँझ पौडी खेल्न बूढीगण्डकीमा गएका थिए’, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘हामीलाई खबर आएपछि इलाका प्रहरी कार्यालय आरुघाट र आर्खेत प्रहरी चौकीबाट खटिएको टोलीले खोजतलास गर्द शव फेला पारेको हो।’
खोजीका क्रममा बगाएको स्थानबाट करिब एक किलोमिटर तल गुरुङ मृत अवस्थामा फेला परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ चैत्र २०८१, ०७ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खोलामा डुबेर एक जनाको मृत्यु
कारको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुरमा ट्याक्टरले किच्दा दुई भारतीय नागरिकको मृत्यु, एक बालक घाइते
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु