गुल्मी । गुल्मीमा बाँदर धपाउन राखिएको विद्युतीय तारमा परेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका-७ पल्टार निवासी ६० वर्षकी चन्द्रकला कुमाल रहेको गुल्मी प्रहरीले जनाएको छ ।
मृतक चन्द्रकलाका श्रीमान कर्णबहादुर कुमालले आफ्नै बारीमा बाँदर भगाउन राखेको विद्युतीय तारमा पर्दा चन्द्रकला घाइते भएकी थिइन् । करेन्ट लागेर घाइते कुमालको लुम्बिनी वामी हस्पिटलमा मृत्यु भएको मृत्यु भएको गुल्मीका एसपी राजन भुजेलले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको कमान्डमा प्रहरी खटिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ चैत्र २०८१, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु