एजेन्सी । साबिक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ।
बुधबार बिहान भएको दक्षिण अमेरिकी समूहको छनोटको खेलमा सातौँ स्थानको बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेपछि अर्जेन्टिना विश्वकपमा छनोट भएको हो।
सन् १९७८ मा पहिलो पटक विश्वकप जितेको अर्जेन्टिनाले दोस्रो पटक सन् १९८६ मा सफलता पाएको थियो । तेस्रो पटक सन् २०२२ मा अर्जेन्टिनाले कतारमा भएको प्रतियोगितामा सफलता पाएको हो । हालसम्म सन् १९३८ मा इटाली र सन् १९६२ मा ब्राजिलबाहेक अन्य टोलीले विश्व कप उपाधि रक्षा गर्न सकेका छैनन् ।
सन् २०२६ को विश्वकपमा दक्षिण अमेरिकाबाट ६ टोली सिधै प्रवेश पाउने छन्।
शीर्ष स्थानको अर्जेन्टिनाको २८ तथा सातौँ स्थानको बोलिभियाको १४ अङ्क छ। बोलिभियाले चार खेल खेल्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १२ चैत्र २०८१, ०८ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा
विश्वकप फुटबल : केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३ शून्यले पराजित
अर्जेन्टिनाको जितमा मेसीको दुई गोल