म्याग्दी । गण्डकी प्रदेशको चार जिल्लाका पाँच वटा स्थानीय तहमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम लागू गरिएको छ ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र सम्बन्धित स्थानीय तहको साझेदारीमा ‘दायित्व’ संस्थामार्फत उद्यमीको पहिचान गरी उनीहरूको क्षमता विकास, व्यवसाय स्तरोन्नति र बिक्री तथा बजारीकरणका लागि कार्यक्रम सञ्चालन भएको हो ।
दायित्व संस्थाका कार्यक्रम अधिकृत जुन तारा रानाले पर्वतको जलजलासँगै नवलपुरको हुप्सेकोट, बागलुङको बडीगाड, गोरखाको गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र तनहुँको म्याग्दे गाउँपालिकामा यो कार्यक्रम लागू भएको दिए ।
“यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले प्रत्येक स्थानीय तहलाई रु. ४० लाख पठाएको र सम्बन्धित पालिकाले रु. २० लाखका दरले बजेट विनियोजन गरेका छन्,” उनले भने “कृषि, पशुपालन, जडीबुटी, पर्यटन, सेवा र उत्पादनमा आधारित लघु, साना तथा मझौला उद्यमीलाई परियोजनाको कुल लागतमा ५० प्रतिशत साझेदारी गर्छौँ ।”
हरेक स्थानीय तहमा ४० जना उद्यमीलाई न्यूनतम रु. २५ हजारदेखि रु. एक लाख ५० हजारसम्म उद्यममा साझेदारी गरिने कार्यक्रम अधिकृत रानाले बताए । पहिलो चरणमा कार्यक्रममा आबद्ध हुन इच्छुक उद्यमीबाट आवेदन संकलन गर्न थालिएको छ ।
तोकिएको मापदण्डअनुसार पहिलो चरणमा ४० जना उद्यमी चयन गर्ने, २० जनालाई रु. २५ हजारसम्म उद्यम विकास प्रविधि पूरक साझेदारी, १० जनालाई रु. एक लाखसम्म नवप्रवर्द्धन पूरक साझेदारी, तेस्रो चरणमा नौ जनालाई रु. ८० हजार र एक जनालाई रु. एक लाख ५० हजार बिक्री तथा बजारीकरण प्रविधि पूरक साझेदारी गरिने जलजला गाउँपालिकाको उद्यम अधिकृत भगवती पुनले बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहका छ वटा अस्पताल प्रदेश सरकार मातहत ल्याउन पहल
यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
दीपक मनाङेले लिए सर्वोच्चबाट पुनरावलोकनको निवेदन फिर्ता
विपद् न्यूनीकरणमा एकजुट हुन मुख्यमन्त्री पाण्डेको आग्रह
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
गण्डकी प्रदेश मातहतका अस्पताल स्तरोन्नति गरिँदै