काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतना जगाउन देशव्यापी कार्यक्रम गर्दैछ । मुलुकमा राजावादीहरूले भ्रम सिर्जना गरेको भन्दै उक्त भ्रम चिर्न र गणतन्त्रको पक्षमा सचेतना जगाउन एमालेले अभियान चलाउने भएको हो ।
जस अन्तर्गत आज चैत ११ गते सोमबार एकै दिन एकै समय देशैभरका ६ हजार ७४३ वडामा सचेतना कार्यक्रम गर्न लागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार सचिवालय बैठकको निर्णयअनुसार वडाहरूमा सभा, गोष्ठी र प्रदर्शन लगायतका चेतनामूलक कार्यक्रमहरू हुनेछन् ।
यसैगरी एमालेले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्याली आयोजना गर्ने एमालेले घोषणा गरिसकेको छ । चैत १८ गते नै ७७ वटै जिल्लामा जिल्लास्तरीय जागरण सभा पनि आयोजना गर्दैछ । चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा गर्ने घोषणा गरेको एमालेले बागमती प्रदेशको हकमा पछि कार्यक्रम गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ चैत्र २०८१, ११ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको कार्यशैलीमा अल्झिएर बस्दैनौँ : एमाले
संसद् खुलाउन एमाले र माओवादी केन्द्रबीच दुई बुँदे समझदारी पत्रमा हस्ताक्षर
संसद्को अवरोध खुलाउनेबारे छुट्टै छलफलमा कांग्रेस, एमाले र माओवादी
विपक्षीमाथि संगठित आक्रमण गर्न एमाले निकट पत्रकारको निर्णय : देशभर ‘सोशल मिडिया टास्क फोर्स’ निर्माण गर्ने
एमाले संसदीय दलको बैठक आज बस्दै
झाँकीसहित सुरू भयो एमालेको र्याली