काठमाडौ । नेकपा (माओवादी केन्द्र)ले हुलाकी राजमार्गकेन्द्रित तराई(मधेस जागरण अभियान पाँच दिनका लागि पुनः स्थगित गरेको छ।
माओवादी केन्द्रसहितको समाजवादी मोर्चाले यही चैत १५ गते गणतन्त्रको पक्षमा काठमाडौँमा गर्न लागेको वृहत् जनप्रदर्शनको तयारीका लागि अभियान केही दिनको लागि स्थागित गरिएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
‘बाराबाट अभियान सुरु गर्दा नै हामीले चितवनमा पुगेपछि अभियान पुनः केही दिनका लागि रोक्ने भनेका थियौँ,’ आचार्यले भने, ‘चैत १६ गतेबाट अभियान फेरि अघि बढ्ने छ।’
अभियान अन्तर्गतका कुनै पनि कार्यक्रम आज नभए पनि अहिले माओवादी अध्यक्ष प्रचण्ड चितवनमै छन्। अध्यक्ष प्रचण्ड आज साँझ काठमाडौँ आइपुग्ने आचार्यले बताए।
आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका प्रचण्डबीच सिंहदरबारमा भेटवार्ता तय भएको छ। शीर्ष नेताहरुबीचको भेटवार्ताको लागि प्रचण्ड साँझ काठमाडौँ आउन लागेका हुन्।
गत फागुन १२ गते नेपालकै सबैभन्दा होचो भूभाग झापाको कचनकवलबाट सुरू भएको जागरण अभियान फागुन २४ गते रौतहटमा पुगेर पुगेर स्थगित भएको थियो। उक्त अभियान गएको बिहीबारदेखि पुनः बाराबाट सुरु भएको थियो।
अभियान अन्तर्गत अहिलेसम्म झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र चितवनमा अभियान सम्पन्न भइसकेको माओवादी केन्द्रले जनाएको छ।
चितवनमा स्थगित भएको अभियान यही चैत १६ गतेबाट नवलपुरबाट पुनः अघि बढ्ने नेताहरुले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० चैत्र २०८१, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
माओवादीको केन्द्रीय कमिटी बैठक जारी
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
जेनजी आन्दोलनमाथि भएको दमनको छानबिनको माग गर्न अखिल क्रान्तिकारी चितवनद्वारा ८० हजार हस्ताक्षर
नेकपा र भीम रावल नेतृत्वको अभियानबिच ७ बुँदे सहमति (पत्रसहित)
माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा