विराटनगर। सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् । बिहीबार दिउँसो साढे ४ बजे सुनसरी गढी गाउँपालिका– ४ मा रहेको शोभा जेनियल इङलिस स्कुलको ग १ प १३८१ नम्बरको बस छिटाहास्थित चिमडी औराबनी भित्री सडक खण्डमा नहरमा खस्दा १४ जना विद्यार्थी घाइते भएका हुन् ।
विद्यार्थीलाई घर पुर्याउन गएको बस दुर्घटना हुँदा १४ जना विद्यार्थी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते सबै बर्जु गाउँपालिका– ६ का विद्यार्थीहरु हुन् । तीव्र गतिका कारण दुर्घटनामा परेको जनाएको छ । बसमा ३५ विद्यार्थी सवार थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते
धनकुटामा बस दुर्घटना हुँदा एकजनाको मुत्यु, १४ जना घाइते
शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते