विराटनगर। सुनसरीमा स्कुल बस दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् । बिहीबार दिउँसो साढे ४ बजे सुनसरी गढी गाउँपालिका– ४ मा रहेको शोभा जेनियल इङलिस स्कुलको ग १ प १३८१ नम्बरको बस छिटाहास्थित चिमडी औराबनी भित्री सडक खण्डमा नहरमा खस्दा १४ जना विद्यार्थी घाइते भएका हुन् ।
विद्यार्थीलाई घर पुर्याउन गएको बस दुर्घटना हुँदा १४ जना विद्यार्थी सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते सबै बर्जु गाउँपालिका– ६ का विद्यार्थीहरु हुन् । तीव्र गतिका कारण दुर्घटनामा परेको जनाएको छ । बसमा ३५ विद्यार्थी सवार थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ चैत्र २०८१, १० : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो