बुटवल। १२ लाख रुपैयाँसहित पश्चिम नवलपरासीबाट दुई जना पक्राउ परेका छन् ।दुई वटा भारतीय मोटरसाइकलमा आउँदै गरेका उनीहरूको साथबाट ६/६ लाख नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी इन्स्पेक्टर नारायण थापाले जानकारी दिए ।
इन्स्पेक्टर थापाका अनुसार मोटरसाइकलमा सवार उनीहरूले हुन्डी कारोबारको रकम ल्याएको सूचना पाएपछि सदरमुकाम परासीको बाइपास रोडबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका– २ भक्सिपुरका सुखसागर यादव र प्रतापपुर गाउँपालिका–८ पिपरपातिका शिवेन्द्रप्रसाद बनिया रहेका छन् । यादवको साथबाट ५ सयका १२ सय थान नेपाली नोट गरी ६ लाख र बनियाको साथबाट ५ सयका नेपाली नोट २ सय र १ हजारका ५ सय थान नेपाली नोट बरामद भएको हो।
नगद बरामद भएपछि सोधपुछ गर्दा स्रोत खुलाउन नसकेका कारण उनीहरूमाथि हुन्डी कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
हुन्डी कारोबार ठहर भएमा बिगो र सोबाट बढे वा बढाएको सम्पत्तिसमेत जफत गरी एक वर्षसम्म कैद हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना पक्राउ
भारु १५ लाखसहित एक जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
४० लाखसहित हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ