बुटवल। १२ लाख रुपैयाँसहित पश्चिम नवलपरासीबाट दुई जना पक्राउ परेका छन् ।दुई वटा भारतीय मोटरसाइकलमा आउँदै गरेका उनीहरूको साथबाट ६/६ लाख नेपाली रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी इन्स्पेक्टर नारायण थापाले जानकारी दिए ।
इन्स्पेक्टर थापाका अनुसार मोटरसाइकलमा सवार उनीहरूले हुन्डी कारोबारको रकम ल्याएको सूचना पाएपछि सदरमुकाम परासीको बाइपास रोडबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका– २ भक्सिपुरका सुखसागर यादव र प्रतापपुर गाउँपालिका–८ पिपरपातिका शिवेन्द्रप्रसाद बनिया रहेका छन् । यादवको साथबाट ५ सयका १२ सय थान नेपाली नोट गरी ६ लाख र बनियाको साथबाट ५ सयका नेपाली नोट २ सय र १ हजारका ५ सय थान नेपाली नोट बरामद भएको हो।
नगद बरामद भएपछि सोधपुछ गर्दा स्रोत खुलाउन नसकेका कारण उनीहरूमाथि हुन्डी कारोबारसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।
हुन्डी कारोबार ठहर भएमा बिगो र सोबाट बढे वा बढाएको सम्पत्तिसमेत जफत गरी एक वर्षसम्म कैद हुने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ चैत्र २०८१, १२ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ