काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजाले उत्साहित भएका छन्।
यही चैत ५ गते त्रिभुवन विश्वविद्यालयअन्तर्गतगका आंगिक, सम्बन्धनप्राप्त, सामुदायिक र निजी गरी ३ सयभन्दा बढी क्याम्पसमा भएको स्ववियु चुनावको अन्तिम मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ।
यो खबर लेख्दासम्म नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले ८२ क्याम्पसमा स्ववियु सभापति पद जितेको छ।क्रान्तिकारीका केन्द्रीय अध्यक्ष विजयप्रकाश सापकोटाले बुधबार बेलुका ८१ क्याम्पसमा आफ्नो संगठनले सभापति पद जितेको जानकारी दिएका थिए भने बिहीबार बिहान महेन्द्र मोरङ क्याम्पसमा क्रान्तिकारीकै उम्मेदवार रोहित यादव सभापति पदमा विजयी भइसकेका छन्।
यसलाई अखिल क्रान्तिकारीका पक्षमा देखिएको लहरका रूपमा व्याख्या गर्दै माओवादी अध्यक्ष प्रचण्डले ‘निकै उत्साहप्रद’ भनेका हुन्।
‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ। कैयौँ क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ’, बिहीबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, ०८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘माओवादी जनयुद्धबारे पाठ्यक्रममा राखेर विद्यार्थीलाई चेतना दिनुपर्नेमा आतंककारी भन्छन्’ : ‘प्रचण्ड’
पार्टीमा गुटबन्दी गर्न नदिने अध्यक्ष ‘प्रचण्ड’को प्रतिबद्धता
तीज पर्वलाई लैङ्गिक समानता र सामाजिक सशक्तीकरणको अवसरका रूपमा लिनुपर्दछ : प्रचण्ड
‘प्रचण्ड’ले ‘विप्लव’लाई सुनाए नेकपासँग एकता गर्ने पार्टीको निर्णय
विप्लव निवास पुगे माओवादी अध्यक्ष प्रचण्ड
पर्वतारोहण सङ्घको नवनिर्वाचित नेतृत्वलाई प्रचण्डले दिए बधाई