काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन कुनै न कुनै पार्टीसँग मिल्नु पर्ने बाध्यता रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार आयोजित कार्यक्रममा सभापति देउवाले संविधानमा रहेको व्यवस्थाका कारण कुनै एक दलले बहुमत ल्याउन नसक्ने बताएका हुन् ।
संविधानको यही व्यवस्थाको कारण धेरै मिहिनेत गर्दा पनि कांग्रेसले बहुमत ल्याउन नसकेको उनको भनाइ छ ।
‘कुनै पनि पार्टीको बहुमत आउन धेरै गारो छ । त्यसैले कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘त्यसैले हाम्रो पार्टीले धेरै मिहिनेतका बाबजुद सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ । तर, बहुमत ल्याउन सकेको छैन ।’
उनले कुनै पनि दलको बहुमत नआउनुमा पार्टीको दोष नभई संविधानमा रहेको व्यवस्थालाई कारण बताए । तै पनि जुझारु भएर बहुमत ल्याउने प्रयत्न गर्नुपर्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई बलियो बनाउन जरुरी छ : सभापति देउवा
राजावादीको आन्दोलन पतन भइसक्यो, प्रदर्शनको कुनै अर्थ छैन : देउवा
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
धर्मनिरपेक्षको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छ : देउवा
शिक्षा र निजामती ऐन ल्याउन कांग्रेस दृढ छ : देउवा
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा