काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ ।
रिट निवेदक ओमप्रकाश अर्यालको तर्फबाट कानुन व्यवसायीले बहस गरिरहेका छन् । अहिले खाजा ब्रेक भएको छ । खाजा ब्रेकअघि रिट निवेदकको तर्फबाट पूर्वमहान्यायाधिवक्ता समेत रहेका वरिष्ठ मुक्ति प्रधान, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, वरिष्ठ अधिवक्ता रामप्रसाद भट्टराई र अधिवक्ता दीपेन्द्र झाले बहस गरेका छन् ।
केहीबेरपछि पुनः सुनुवाइ सुरु हुनेछ । बहसमा सहभागी कानुन व्यवसायीहरूले सरकारले अध्यादेश ल्याउनु गलत भएको जिकिर गरेका छन् ।अध्यादेश ल्याउनुको नियतमाथि प्रश्न उठाउँदै बहसमा सहभागी कानुन व्यवसायीहरूले आपत्ति जनाएका हुन् ।
उनीहरूले संवैधानिक पदाधिकारीको नियुक्तिमा पनि भागबण्डा भएको जिकिर गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले २०७७ पुस र २०७८ असारमा ३२ र २० गरी ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशको भरमा संवैधानिक परिषद्को बैठक डाकिएको, संसदीय सुनुवाइबिना उनीहरूको नियुक्ति भएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ चैत्र २०८१, १४ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चले प्रहरीमा जाहेरी दिने
तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने
पालमुनिबाटै सर्वोच्च अदालतको इजलास सञ्चालन
आइतबारदेखि सांकेतिक रूपमा सर्वोच्च अदालतले आफ्नो सेवा सुरु गर्ने
सर्वोच्च अदालतमा आगो निभाउन महानगरपालिकाको दमकल आयो
सर्वोच्च अदालतमा जेन जेडद्वारा आगजनी