काठमाडौं । बालिकालाई यौन पेसामा लगाएको आरोपमा होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको पालुङटार नगरपालिका-६ घर भएका शम्भुलाल मल्ल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले ४ चैतमा पक्राउ गरेको हो ।
पक्राउ परेका मल्लले काठमाडौंको बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।यौन पेसामा लगाइएका दुई बालिकालाई उनको होटलबाट उद्धारसमेत गरिएको ब्युरोका प्रवक्ता एसपी नरेन्द्र कुँवरले बताए ।
पक्राउ परेका मल्लविरुद्ध मानव बेचबिखन तथा ओसोर पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०५ चैत्र २०८१, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ
विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ
लागु औषधसहित सासू र बुहारी पक्राउ
लागु औषधसहित २३ जना पक्राउ