काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ संवैधानिक पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतले २१ फागुनको सुनुवाइका दिन आजको मिति तोकेर मुद्दालाई हेर्दाहेर्दैमा राखेको थियो । आज अधिवक्ता ओमप्रकाश अर्यालको निवेदनमा वकालतनामा भरेका कानून व्यवसायीहरुले नै निरन्तर बहस गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषदले २०७७ पुस र २०७८ असारमा ३२ र २० गरी ५२ संवैधानिक पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशको भरमा संवैधानिक परिषद्को बैठक डाकिएको, संसदीय सुनुवाइविना उनीहरुको नियुक्ति भएको भनी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल, डा. मनोज शर्मा, नहकुल सुवेदीको संवैधानिक इजलासले ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको मुद्दामा सुनुवाइ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आयोडिनयुक्त नुन ऐन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले पायो तीन नयाँ न्यायाधीश
सर्वोच्च अदालतका लागि तीन न्यायाधीश सिफारिस
सर्वोच्चका न्यायाधीश सिफारिसको तयारी, इजलास नराखी छलफलमा जुटे प्रधानन्यायाधीश
यातायात व्यवसायीको हड्तालविरुद्ध सर्वोच्चमा रिट, बुधबारलाई तोकियो पेसी
आज पूर्वगृहमन्त्री रविको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ हुँदै