कैलाली । भीमदत्त नगरपालिका–११ का अन्दाजी ५८ वर्षीया कसी सुनारको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानका लागि चार जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार दिउँसो घरमै बेहोस अवस्थामा फेला परेकी उनलाई महाकाली प्रादेशिक अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।
सो घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान् गोपाल सुनार, कान्छी श्रीमती मिरादेवी सुनार, छोरा अर्जुन सुनार र करन सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतकको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ चैत्र २०८१, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरीमा डुबेर दुई जनाको मृत्यु
ललितपुरको रिह्याब सेन्टरमा पुरुषको मृत्यु
श्रीमानको किरिया बसेको ६ दिनमै श्रीमतीको पनि मृत्यु
धनुषामा विष सेवन घटना : ३ सन्तानपछि आमाको पनि मृत्यु
मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु
बोलेरोमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको मृत्यु