वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति चुनावअघि डोनाल्ड ट्रम्पले आफूले राष्ट्रपतिको कार्यभार सम्हालेको २४ घण्टाभित्रै रुस–युक्रेन युद्ध समाधान गर्छु भनेर भनेका थिए । तर अहिले आएर उनले आफ्नो उक्त अभिव्यक्तिप्रति स्पष्टीकरण दिएका छन् । ‘म त्यतिबेला अलि व्यङ्ग्यात्मक भइरहेको थिएँ,’ ट्रम्पले टिभी कार्यक्रममा बोल्ने क्रममा भने ।
आफ्नो उक्त अभिव्यक्तिको अर्थ म यो समस्याको गर्न चाहन्छु र मलाई लाग्छ म सफल हुनेछु’ भन्ने भएको उनले बताए ।
चुनावी अभियानका क्रममा ट्रम्पले कयौँ पटक २४ घण्टा भित्रै रुस–युक्रेन युद्ध समाप्त गर्नेछु भनेका थिए । ट्रम्पले युद्ध सल्टाउने अथक प्रयास गरिरहेको भए पनि तत्कालै यो सल्टिने कुनै सङ्केत देखिएको छैन ।
कुराकानीका क्रममा ट्रम्पलाई पुटिन युद्ध अन्त्य गर्न सहमत भएनन् भने योजना के हुनेछ ? भनेर सोधिएको थियो ।यसको उत्तरमा ट्रम्पले यो संसारको लागि नराम्रो खबर हुनेछ किनकि धेरै मानिसहरू मरिरहेका छन् भनेर भनेका थिए ।
तर आफूले पुटिनलाई राम्ररी चिनेको अनि उनी यसमा सहमत हुनेछन् भन्ने आशा लागिरहेको उनले बताए । २०२३ को मेमा ट्रम्पले आफू राष्ट्रपति रहिरहेको भए युद्ध नै हुँदैनथ्यो भन्दै राष्ट्रको कार्यभार सम्हालेको २४ घण्टामा युद्ध बन्द गर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०२ चैत्र २०८१, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित
इरानले बहादुरीका साथ लड्योः डोनाल्ड ट्रम्प
ट्रम्पको यात्रा प्रतिबन्ध, १२ देशका नागरिकलाई अमेरिकामा प्रवेशमा रोक
ट्रम्पले हटाए सिरियामाथिको प्रतिबन्ध
गाजामा हमासद्वारा बन्धक बनाइएका २१ जना मात्रै जीवित रहेको विश्वास गरिएको ट्रम्पको भनाइ
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प