महोत्तरी । महोत्तरीको रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक (सई) बलात्कार आरोपमा पक्राउ परेका छन् । रेल्वे स्टेशनस्थित सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी नायब निरीक्षक धर्मेन्द्र महतोलाई पक्राउ गरिएको महोत्तरीका एसपी नकुल पोखरेलले बताए ।
महतोमाथि १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । एसपी पोखरेलका अनुसार मर्निङवाकमा जाँदा महतोले अश्लिल शब्द बोलेको र सोही घटनालाई लिएर दिउँसो बालिकाका बुवा सोधपुछ गर्न सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्पमा पुगेका थिए ।
पछि विवादले उग्ररुप लिँदै गएपछि स्थानीयले नाराबाजी गर्दै कारबाहीको मागसहित बेस क्याम्प घेराउ गरेका थिए । स्थानीयले कारबाहीको माग गरेपछि आरोपित महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेर अनुसन्धानका लागि जनपद प्रहरीलाई बुझाएको छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्दै स्थानीयले सशस्त्र प्रहरी पोस्ट घेराउ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०८१, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली क्याबिनेटका तीन सदस्य पक्राउ
ओली र लेखकको पक्राउप्रति तरुण दलको विरोध
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ