काठमाडौँ । गैरसरकारी संस्था महासङ्घ (एनजीओ फेडेरेसन) नेपालको अध्यक्षमा अर्जुनकुमार भट्टराई निर्वाचित भएका छन् । महासङ्घको ११ औँ महाधिवेशन भट्टराईको अध्यक्षतामा ४८ सदस्यीय केन्द्रीय कार्य समितिको सर्वसम्मतिले निर्वाचन गरेको हो ।
महासङ्घको वरिष्ठ उपाध्यक्षमा नानीमाया थापा र अन्य दुई उपाध्यक्षमा राजेन्द्र शर्मा तथा सञ्जय लम्साल निर्वाचित भएको छन् । यसैगरी महासचिवमा देवी खड्का, उपमहासचिवमा भवराज रेग्मी र किरण थापा, साथै कोषाध्यक्षमा गोविन्दबहादुर शाही निर्वाचित भएका छन्। केन्द्रीय कार्यसमितिमा ५१ जना रहने व्यवस्था छ। बाँकी ३ जना सदस्य कार्यसमितिले मनोनित गर्ने व्यवस्था छ ।
फागुन २५ देखि २७ गतेसम्म भएको राष्ट्रिय नागरिक सम्मेलन, ३० औँ वार्षिक साधारण सभा र ११ औँ महाधिवेशन गैरसरकारी संस्था महासङ्घ नेपालका सदस्य संस्थाहरूको प्रतिनिधित्व गर्दै ९ सय २३ जना गैसस प्रतिनिधिहरूको सहभागिता थियो । नागरिक राष्ट्रिय नागरिक सम्मेलनको समुद्घाटन सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
यस अवसरमा विभिन्न विषयगत सत्र र कार्यशालाहरूको पनि आयोजना गरिएको थियो । जलवायु न्याय, विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन र उत्थानशीलता विषयमा राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।
अति कम विकसित राष्ट्रबाट नेपालको स्तरोन्नति पश्चातको प्रभाव र दिगो विकास लक्ष्यका लागि स्रोत व्यवस्थापन विषयमा साथै हालको सन्दर्भमा सामाजिक सङ्घ संस्थाहरूको दिगोपना र उत्थानशीलताका चुनौती र कार्यदिशाबारे पनि छलफल गरिएको छ ।
प्रधानमन्त्री र प्रमुख दलका नेताहरूको उपस्थितिमा सामाजिक सङ्घ संस्थाहरूले सामना गरेका नीतिगत र कार्यगत चुनौती, सामाजिक सङ्घ संस्थाहरू र सामाजिक अभियानको दिगोपना र त्यसका लागि आवश्यक पर्ने नीति र कार्य वातावरणको लागि अनुरोध गरिएको छ ।
विभिन्न विषयगत कार्यशाला र राष्ट्रिय नागरिक सम्मेलनको निष्कर्षका रूपमा काठमाडौँ घोषणापत्र जारी गर्ने तयारी भएको महासङ्घका उपमहासचिव किरण थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० फागुन २०८१, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष
काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल