काठमाडौं । त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ । तर काठमाडौं उपत्यकाका अधिकांश ठूला क्याम्पसहरूमा निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन ।
बागबजारस्थित पद्मकन्या क्याम्पसमा अनेरास्ववियु लगायत विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।
निर्वाचन मण्डलले मनोमानी ढङ्गले सर्वदलीय बैठक नै नराखी र निर्वाचन अधिकृतको अनुपस्थितिमै निर्वाचन कार्यक्रम अघि बढाएकाले तालाबन्दी गर्नुपरेको अनेरास्ववियुकी नेत्री शोभा सापकोटाले बताइन् । निर्वाचन समितिको कार्यालयमा तालाबन्दी हुँदा समेत सहमति विना मनोनयन पत्र बाँडिएको उनको आरोप छ ।
उनले बिदाको दिन नोमिनेसन राखेर जबरजस्ती एकलौटी तरिकाले निर्वाचन गर्न खोजिएकाले तालाबन्दी गरिएको बताइन् । माग पूरा नभएसम्म ताला नखोल्ने उनको भनाइ छ ।
यसैबीच पद्मकन्या क्याम्पसमा गएराति होस्टेलका विद्यार्थीहरूलाई एउटा समूहले लगेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ फागुन २०८१, ०८ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका १३ क्याम्पसलाई आंगीक बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
पोखराको पीएन क्याम्पसमा एमाले अनेरास्ववियुको प्यानलै विजयी
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी
पर्वतका दुईवटा सामुदायिक क्याम्पस गाभिए
त्रिविले माग्यो ११ क्याम्पस प्रमुख (सूचनासहित)