रुपन्देही । रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले अर्को तारिख आगामी वैशाख २३ लाई दिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उनीविरुद्धको जिल्ला अदालतमा पहिलोपटक बुझ्न सोमबार उनी यहाँ आएका थिए ।
उनको सचिवालयले बैशाख २३ गतेका लागि अर्को तारेखको मिति तय भएको जनाएको छ । अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले सोमबार रवि लामिछानेको तारिख परेको र सोही तारिख बुझ्न अदालतमा आज उपस्थित भएको जानकारी दिएका छन् ।
जिल्ला सरकारी वकिल कार्यालयले माघ ६ मा रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर पूरक मुद्दा दर्ता गरेको थियो ।
मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित ४२ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गर्दै मुद्दा दर्ता भएको थियो ।
उनलाई जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले माघ १३ गते सहकारी ठगीमा तत्काल प्राप्त प्रमाणका आधारमा ‘प्रतिवादी (लामिछाने)ले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिएको’ भन्दै पछि ठहरेबमोजिम हुने गरी एक करोड धरौटीमा छोड्ने आदेश गरेको थियो ।
आदेशको ४४ दिनपछि जिल्ला अदालतको एक करोड धरौटीमा छोड्ने आदेशविरुद्ध लामिछाने बुटवलस्थित तुलसीपुर उच्च अदालत बुटवल इजलासमा ७३ नम्बर दर्ता गरेर जिल्ला अदालतमा तारेख बुझ्न पुगेका हुन् ।
उनका यो आदेशमा चित्त नबुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय पनि उनलाई थुनामा राख्न माग गर्दै उच्च अदालत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
बयानका लागि रविलाई ल्याइयो सिंहदरवार
जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइका लागि पेसी तोकियो
नख्खु कारागार फर्किए रवि लामिछाने
‘मलाई जबरजस्ती निकालिएको हो, समातेर कस्टडीमा राखे हुन्छ’ : रवि लामिछाने