काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कोशी प्रदेश सभालाई सम्बोधन गर्दै छन्। प्रधानमन्त्रीले प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रममा प्रदेशको मुख्य विपक्षी दल नेकपा माओवादी केन्द्रले भने बहिष्कार गर्ने चेतावनी दिएको छ।
प्रदेश सरकारले आफूहरूसित छलफल नगरेको भन्दै माओवादीले ‘यथास्थितिमा प्रधानमन्त्रीको सम्बोधनमा सहभागी नहुने’ बताएको छ। ‘अहिलेसम्म औपचारिक रूपमा कुनै खबर पनि आएको छैन, छलफल पनि भएको छैन,’ माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले भने, ‘विपक्षी दल सरकारको कारिन्दा होइन। मुख्यमन्त्रीले हामीले उठाएका गम्भीर सवालहरूको जबाफ दिनुभएको छैन। विपक्षी दलका नेताहरूले बोल्दा मुख्यमन्त्री प्रदेश सभामा अनुपस्थित रहने गर्नुभएको छ। हामी चाहिँ सरकारले बोलाउनासाथ लुरुक्क परेर प्रधानमन्त्रीको सम्बोधन सुन्न जाने कुरा हुँदैन। यथास्थितिमा हामी जाँदैनौँ।’
कोशीका सभामुख अम्बरबहादुर विष्टका अनुसार मंगलबार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली मंगलबार नै पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि सहभागी हुनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १४ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशी सरकारको एक वर्षे समीक्षा : लगानी, पूर्वाधार र सुशासनमा उल्लेखनीय प्रगति
कोशीमा पर्यटन वर्ष सुरुसँगै, पर्यटकको चहलपहल बढ्यो
नवनियुक्त आन्तरिक मामिला मन्त्रीले लिए शपथ
कोशीमा बन्यो दुई दलीय संयन्त्र, १४ वटै जिल्लामा विस्तार गर्ने
कोशीका पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं ल्याइयो