काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बोल्ने नै मान्छे भएको बताएका छन् । रुपन्देहीस्थित बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते रुपन्देही जिल्ला अदालतले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा थुनामुक्त गर्न दिएको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता गरेर बाहिरिएका उनले आफू बोल्ने मान्छे भएपनि समय कुरिरहेको प्रतिक्रिया दिएका हुन् ।
‘अहिले यत्ति भन्छु, मेरो बोल्ने समय निकै नजिक आउँदैछ,’ सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिँदै लामिछानेले भने, ‘तपाईंहरूलाई थाहै छ त म बोल्ने नै मान्छे हुँ। प्रतीक्षा गर्नुहोला। छोटो प्रतीक्षापछि विशेष सम्बोधनसहित आउँदैछु।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि
रास्वपा सभापति लामिछाने र अमेरिकी राजदूत गोरबीच दिल्लीमा भेट