काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको गरुडा नगरपालिकामा सञ्चालित निजी अस्पताल अनुगमन गरेका छन् । अनुगमनका क्रममा १० अस्पताल नियम विपरीत सञ्चालन भइरहेको पाइएको छ ।
गरुडा नगरपालिका वडा नम्बर ४ मा रहेका अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, नेत्रज्योति आँखा हस्पिटल प्रालि, गौर आँखा अस्पताल, गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि, सरस्वती हस्पिटल प्रा. लि. तथा वडा नम्बर ५ स्थित आनन्द हस्पिटल प्रालि अवैध रूपमा सञ्चालनमा रहेको पाइएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले कानुन विपरीत सञ्चालित अस्पतालहरू बन्द गरी आवश्यक प्रक्रिया पूरा गरेर मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसका मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
‘मधेसमा संघ सरकारले राहतको प्याकेज घोषणा गर्नुपर्छ’ : मुख्यमन्त्री सिंह
शिक्षकले राजनीति छाडेर पठनपाठनमा केन्द्रित हुनुपर्छ: मुख्यमन्त्री सिंह
कर्मचारीका कारण सरकारको 'पर्फमेन्स'माथि असर पर्यो : मुख्यमन्त्री सिंह
आतंकी हमलाको प्रतिकार आवश्यक छ, मधेस भारतको साथमा छ: मुख्यमन्त्री सिंह
मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट