काठमाडौं । काठमाडौंको वसन्तपुर हनुमानढोकामा विधिवत रूपमा चीर ठड्याएसँगै फागु (होली) सुरु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको विशेष साइत अनुसार आज बिहान ८ः ३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो।
हनुमानढोका दरबारको मूलद्वार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ । चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो । भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तराईका जिल्लामा आज होली
आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा
सार्वजनिक स्थानमा होली नखेल्न कञ्चनपुर प्रशासनको आग्रह
होलीमा ‘जोगिरा’ सुनिन छाड्यो, संस्कृतिप्रेमीहरू चिन्तित
वसन्तपुरमा चीर ठड्याइयो, होली शुभारम्भ