काठमाडौं । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ को समय तालिका हेरफेर भएको छ ।
पार्टीका जनसंगठनके भेलालगायतका कार्यक्रम परेकाले अभियानको समय तालिकामा केही हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।
नयाँ कार्यक्रम तालिका अनुसार अभियानको तयारी गर्न भन्दै माओवादीले मातहतका पार्टी संगठनलाई सर्कुलर पठाएको छ ।
नयाँ समय तालिका अनुसार आज बिहीबार महोत्तरी, २३ गते सर्लाही, २४ गते रौतहट, २५ गते बारा र २६ गते पर्सामा कार्यक्रम हुनेछ ।
यस्तै बागमती प्रदेशअन्तर्गत चितवनमा २७ गते कार्यक्रम आयोजना गरिएको छ । यसबीचमै २८ गते अध्यक्ष प्रचण्डसहितका बुटवलमा मगर मोर्चाको उद्घाटनमा सहभागी हुनेछन् ।
चैत २ गते नवलपुर (नवलपरासी पूर्व), ३ गते परासी (नवलपरासी पश्चिम) मा कार्यक्रम हुनेछ । चैत ४ गते रुपन्देही, ५ गते कपिलवस्तु, ६ गते दाङ, ७ गते बाँके र ८ गते बर्दियामा कार्यक्रम राखिएको छ । यसबीचमै ९ गते जनकपुरमा समाजवादी मोर्चाको जनसभामा नेताहरु सहभागी हुनेछन् ।
अभियान अन्तर्गत सुदूरपश्चिममा चैत ११ र १२ गते कार्यक्रम आयोजना हुनेछ । ११ गते कैलाली र १२ गते कञ्चनपुरमा कार्यक्रम गरेर अभियान सकिने माओवादीले जनाएको छ ।
यसअघि माओवादीले जनतातिर फर्किने भन्दै यही फागुन ५ र १७ गते कार्यक्रम तालिका सार्वजनिक गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ फागुन २०८१, १० : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन