एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ताका लागि प्रयास थालेका छन्।
भनाभनको स्थिति बनेपछि शुक्रबार युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँगको वार्ता बिथोलिएको थियो। अघिल्लो वार्तामा तनाव भएपछि ट्रम्पले फेरि जेलेन्स्कीसँग वार्ताका लागि प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खबर लेखेका छन्।
जेलेन्स्कीसँगको वार्ताका लागि ट्रम्पले ‘ब्याक च्यानल’बाट प्रयास गरेको सिएनएनले समाचारमा उल्लेख गरेको छ।
स्थायित्वका लागि युक्रेनसँगको सम्बन्ध सुमधुर बनाउनु आवश्यक रहेको ठहर गर्दै राष्ट्रपति ट्रम्पको संसद्लाई सम्बोधन हुनु अगाडि नै सो प्रयास थालेका हुन्।
यसै प्रयासको परिणाम स्वरूप सोमबार युक्रेनी राष्ट्रपति जेलेन्सकीले सामाजिक सञ्जालमा शुक्रबार ओभलमा भएको घटना बिर्सन लायक भएको भन्दै लेखेका छन्। ट्रम्पले संसद्लाई सम्बोधन गरेपछि यसका लागि थप प्रयास हुने समाचारमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत