काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।
मंगलबारको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले विधि निर्माणको प्रक्रिया सुस्त भयो भन्ने जनगुनासो आएको भन्दै समितिमा विचाराधीन रहेका विधेयकलाई छिटो टुंगो लगाइ सभासमक्ष पेस गर्न आग्रह गरे ।
‘विधि निर्माणको काम स्लो भयो भन्ने जनस्तरबाट आवाज आइरहेको छ । विचाराधीन विधेयकलाई छिटो भन्दा छिटो टुंगोमा पुर्याउने र सभामा पेस गर्ने काम होस् । साथै सभाबाट पनि छिटो पारित होस् भन्ने सरकारको धारणा छ,’ अर्थमन्त्री पौडेलले भने ।
सभाले पनि छिटो पारित गर्न आवश्यक काम गर्नुपर्नेमा सरकार रहेको बताउँदै उनले भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक राष्ट्रिय आवश्यकता महसुस गरेर ल्याएको जिकिर गरे ।
त्यस्तै, धितो पत्रसँग सम्बन्धित लगायतका केही विधेयकहरू पनि चैत्र मसान्तसम्म समितिबाट सभामा पेश गर्ने गरी छल फल अघि बढाउन उनले आग्रह गरे ।
‘राष्ट्रिय आवश्यकता महशुस गरिएको विधि निर्माणको कामलाई सरकारले आफ्नो ढंगले अघि बढाइरहेको छ । धितो पत्रसँग सम्बन्धित विधेयक पनि छिटो भन्दा छिटो समितिमा ल्याइयोस्,’ उनले भने, ‘सकेसम्म चैत्र मसान्तसम्म आवश्यक निर्णय गरेर सभा समक्ष पेस होस् । समिति समक्ष विचाराधीन विधेयकहरू आवश्यकताको दृष्टिकोणले महत्त्वपूर्ण रहेकाले यथाशक्य चाँडो निष्कर्षमा पुग्न आग्रह गर्दछु ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण
अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता
नेपालको भ्रमण गर्न विश्व समुदायलाई अर्थमन्त्री खनालको आग्रह
अर्थमन्त्री खनाल र एसियाली विकास बैंकका अध्यक्षबीच भेट
अमेरिकामा रहेका अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त
अर्थमन्त्रीको विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च अधिकारीसँग भेटवार्ता