काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा कोशी अस्पताल विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालको सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
चौधरीको बीएससी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी निवेदन परेको थियो । उक्त निवेदनमा अनुसन्धान हुँदा चौधरीले भारतको राजीभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स कर्नाटकबाट जारी भएको बीएससी एमआईटी सर्टिफिकेटको झुटो शैक्षिक योग्यता प्रमाणपत्र पेस गरेको देखिएको प्रवक्ता घिमिरेले बताए ।
चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१)बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना गर्न माग उजुरीमा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो