काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा कोशी अस्पताल विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालको सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
चौधरीको बीएससी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी निवेदन परेको थियो । उक्त निवेदनमा अनुसन्धान हुँदा चौधरीले भारतको राजीभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स कर्नाटकबाट जारी भएको बीएससी एमआईटी सर्टिफिकेटको झुटो शैक्षिक योग्यता प्रमाणपत्र पेस गरेको देखिएको प्रवक्ता घिमिरेले बताए ।
चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१)बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना गर्न माग उजुरीमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर