नेकपा (एमाले) मोरङको १० औँ अधिवेशनअन्तर्गत आज मतदान हुँदैछ । ५ पदाधिकारीसहित १६५ जनाको जिल्ला कमिटीका लागि लागि ३२५ जनाले उम्मेदवारी दिएका छन् ।
मध्यान्ह १२ बजेपछि निर्वाचन गरिने प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठले बताए । यसअघि बिहान ९ बजेदेखि गर्ने भनिए पनि सहमति प्रयास भइरहेको भन्दै १२ बजेदेखि मात्रै मतदान गर्ने तयारी रहेको उनले बताए ।
गत शनिवारदेखि शुरू भएको अधिवेशन सोमबार सम्पन्न गर्ने तयारी थियो । तर, दुई वटा प्यानल बनेपछि सहमतिको प्रयास असफल भएको हो र अधिवेशन लम्बिएको हो ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईजालाल राजवंशीको उम्मेदवारी परेको छ।
इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उम्मेदवारी दिएका छन्।
दुवै पक्ष पदाधिकारीदेखि सदस्यसम्म प्यानल बनाएर मैदानमा उत्रिएका छन्। अधिवेशनका लागि ९ सय ११ जना प्रतिनिधि छानिएका छन् ।
दुवै पक्षलाई मिल्नका लागि नेताहरूले दबाब सृजना गरिरहेको स्रोतले बतायो । तथापि नेताहरू भने यसको विपक्षमा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १० : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी ईश्वर पोखरेललाई
दुई अनुहारको न्याय : एमाले नेता महरलाई उन्मुक्ति, रास्वपा नेता पाँडेलाई हिरासतको बास
एमाले विधान महाधिवेशन : भण्डारी–पोखरेल समूह सामूहिक फरक मतको तयारीमा, ओलीले सुरु गरे ‘गोप्य’ सर्वेक्षण
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रश्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
एमालेले बोलायो आकस्मिक बैठक
एमालेका ४७ जना महाधिवेशन प्रतिनिधि कता हराए ?