काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ । आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष उपेन्द्र यादवले सरकारप्रति जनताको निराशा बढेको बताए।
यादवले सरकार असफल र असक्षम सावित भइसकेको पनि बताएका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने, देशको अर्थतन्त्रलाई कमजोर बनाउने, नीतिगत तथा संस्थागत सुधार ल्याउन नसक्ने, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न नसकेको, आपूर्ति व्यवस्थामा सुधार ल्याउन तथा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नसकेको, गुणस्तरीय सेवा प्रवाह गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण र सुशासनको प्रत्याभूति दिलाउन नसकेको, समाजमा विद्यमान विभिन्न खाले विभेद अन्त्य गर्न, पर्यावरणीय सन्तुलन कायम गर्न नसकेको, राष्ट्रिय हितको रक्षा, राष्ट्रियहीत अनुकूल परराष्ट्र नीति कायम गर्न नसकेको कारणले यो सरकार असफल र असक्षम सावित भइसकेको छ, प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, १५ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालका प्रदीप यादव एमाले प्रवेश, पर्सा- १ बाट टिकट दिने तयारी
जसपा नेपालका उपाध्यक्षसहितका नेता नेकपामा प्रवेश
नेकपा नेता उमेश यादव जसपा नेपालमा प्रवेश
प्रत्यक्षतर्फका उम्मेदवारको नामावली पठाउन जसपा नेपालको निर्देशन
जसपा नेपाल र लोसपाबीच एकता गर्ने निर्णय
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि