बैतडी । बैतडीमा दाजुको गोली प्रहारबाट सख्त घाइते भएका एक युवकको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट मृत्यु भएको हो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए। सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गए राति गोली प्रहार गरेका थिए।
शनिबार राति करिब ८ बजे लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्रबीच गाउँमै विवाद भएको थियो। लगत्तै कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक बडूले बताए। गोली प्रहार गर्ने कर्णबहादुर फरार छन्। उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायव निरीक्षक गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छतबाट पिसाब फेर्ने क्रममा लडेर एकजनाको मृत्यु
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
भीरबाट लडेर दुई जनाको मृत्यु
भारदहमा करेन्ट लागेर एक जनाको मृत्यु
महोत्तरीमा डुबेर चार बालिकाको मृत्यु