काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ ।
ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभिायान’ को समीक्षा हुनेछ ।
बैठकमा पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरुले आ–आफ्नो कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्यप्रगति विवरणको प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।
त्यसैगरी वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा बैठक केन्द्रित हुने बस्नेतले बताए । बैठक तीन दिन सम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ फागुन २०८१, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने
निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा नेपालको माग
संविधान संशोधनको माग राख्दै जसपा नेपालले गर्यो आन्दोलनका कार्यक्रम घोषणा
जसपा नेपालले थप्यो ५ केन्द्रीय सदस्य
जसपा नेपालले थप्यो पाँच जना केन्द्रीय सदस्य
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी