हुम्ला । हिमाली जिल्ला हुम्लामा शुत्रबार बिहानदेखि हिमपात सुरू भएको छ । हुम्लाको उच्च क्षेत्र नाम्खा गाउँपालिकामा र सदरमुकाममा सिमकोटमा हिमपात भएको हो ।हिमपातले नाम्खा गाउँपालिकाको लिमी, चाला, याल्बाङ, यारी, मुचुलगायतका क्षेत्रका बाक्लो हिउँ जमेको छ।
यस्तै हुम्लाको दक्षिणी भेग सर्केगाड,चंखेली,अदानचुली,ताजाकोट गाउँपालिकामा वर्षा भएको छ । हिमपात भएसँगै नेपालगन्ज, सुर्खेतबाट हुने हवाई उडान प्रभावित भएका छन् । तारा, सीता, समिट एयरलाइन्स उडान रोकिएका छन् ।
रातभर वर्षा भएपनि बिहान ७ बजेबाट जमिनमा हिउँ जम्न थालेको हो । हिउँ पर्न थालेपछि चिसो अत्यधिक बढेको छ। बिहानबाट हिउँ परेसँगै चिसो बढेको स्थानीय लक्ष्मण ऐडीले बताए । राति वर्षामात्रै भएको थियो बिहानबाट हिउँ जम्न लागेको उनले बताए।
हिउँपरेपछि किसानहरूले राहत महसुस गरेका छन् । दक्षिण क्षेत्रमा रातबाट वर्षा भएको चंखेली गाउँपालिका- १ का तिलक बोहराले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास
हुम्ला जिप दुर्घटनाका घाइतेलाई हेलिकप्टरबाट लगियो सुर्खेत
बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री हुम्ला जाँदै
हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध
आगलागी भएको हुम्ला उनापानीमा एक करोडभन्दा बढी क्षति
हुम्लाको नाम्खामा पुग्यो राहत सामग्री