काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्रचलित सबै जाति तथा समुदायका मौलिक पर्वले सामाजिक सद्भाव एवं राष्ट्रिय एकता सुदृढ गर्न महत्त्वपूर्ण योगदान गर्ने बताएका छन् ।
शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसारका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सबै नेपालीबीच विविधतामा एकता, सद्भाव, बन्धुत्व एवं सम्मान कायम गरी राष्ट्र निर्माणमा अग्रसर हुनुपर्ने बताए ।
बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो देशका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति हाम्रा मौलिक पहिचान र बहुमूल्य सम्पत्ति हुन् भन्दै उनले सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको सन्देशमा उल्लेख गरेका छन् ।
शेर्पा समुदायले नयाँ वर्षका रूपमा मनाउने ग्याल्पो ल्होसारले एकापसमा सहयोग, सामाजिक सहिष्णुता तथा आर्थिक प्रगति कायम गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार