काठमाडौ । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)का लागि दरखास्त आह्वान गरेको छ।
सशस्त्र प्रहरी बल, प्रधान कार्यालय अन्तर्गतको भर्ना तथा छनोट शाखाले शुक्रबार सूचना जारी गर्दै २८ जना नयाँ इन्सपेक्टरका लागि दरखास्त आह्वान गरेको हो।
कानून र लेखा उपसमूहतर्फ गरेर २८ जना नयाँ प्रहरी निरीक्षक भर्नाका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ।
कानून उपसमूहतर्फ ८ र लेखा उपसमूहतर्फ २० जनाको लागि दरखास्त आह्वान गरिएको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी चैत १९ गतेसम्म दरखास्त दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, ०८ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्रका ७ एसपी एसएसपी पदमा बढुवा सिफारिस
सशस्त्रले पनि चलायो काठमाडौँमा नि:शुल्क बस
सशस्त्रको विशेष सर्कुलर, सीमा क्षेत्रमा उच्च सतर्कता