एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँगको भेट गरेका छन्।
भेटमा राष्ट्रपति ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की तथा युक्रेनी सेनाको बहादुरीप्रति सम्मान व्यक्त गरेका छन्।
‘हामीले उनीहरूलाई धेरै रकम तथा हतियार सहयोग स्वरूप दिएका थियौँ। उनीहरूले पनि बहादुरीपूर्वक लडे,’ ट्रम्पले भने। स्टेइमर र ट्रम्पको भेटमा युक्रेन युद्ध, सुरक्षा खर्च तथा गाजा युद्धको विषयमा पनि वार्ता भएको जनाइएको छ।
भेटमा ट्रम्पले युक्रेनसँगको शान्ति वार्ता तथा बेलायतसँगको व्यापार सम्झौता चाँडो टुङ्गोमा पुग्ने समेत बताएका छन्।
सो अवसरमा बेलायतका राजा चार्ल्स तृतीयले पठाएको निमन्त्रणा समेत स्टेइमरले ट्रम्पलाई लिएका थिए। ट्रम्पले पहिलो कार्यकालमा चार्ल्स आमा एलिजाबेथ द्वितीयसँग भेट गरेका थिए।
संयुक्त पत्रकार सम्मेलनमा बोल्दै स्टेइमरले उच्च तहको प्राविधिक सम्झौताको सम्भावना रहेको बताए। उनले दुई साता अघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले युरोपमा वाक स्वतन्त्रता नभएको भन्दै लगाएको आरोपको खण्डन गर्दै स्वतन्त्रताको सवालको बेलायतको इतिहास गौरवशाली भएको तथा यो सधैँ कायम रहने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ फागुन २०८१, ०८ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘भारत-पाकिस्तान युद्धविराम गराएजस्तै इरान र इजरायलबीच पनि सम्झौता गराउँछु’ : ट्रम्प
इजरायली हमलामा इरानका केही शीर्ष नेता मारिएको ट्रम्पको दाबी
राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीले पेस गरे ओहोदाको प्रमाणपत्र
ट्रम्पले फेरि भने: मैले गर्दा भारत–पाकिस्तान युद्ध रोकियो
बुधबारदेखि लागु हुनेगरी ट्रम्पले लगाए ५० प्रतिशत कर
स्टिल र आल्मुनियम आयातमा कर दोब्बर गर्ने ट्रम्पको घोषणा