काठमाडौं। थाइल्याण्डको बैंककमा एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । राजधानी बैंककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा बस दुर्घटना भएको बस एउटा थियो ।१७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
‘ब्रेक फेल’ भएका कारण बस सडकबाट भीर हुँदै निकै तल खसेको त्यहाँको प्रहरीले जनाएको छ ।बसमा ४९ जना सवार थिए । बाँकी घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ । थाइल्याण्डमा हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो