काठमाडौं। थाइल्याण्डको बैंककमा एउटा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । राजधानी बैंककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा बस दुर्घटना भएको बस एउटा थियो ।१७ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
‘ब्रेक फेल’ भएका कारण बस सडकबाट भीर हुँदै निकै तल खसेको त्यहाँको प्रहरीले जनाएको छ ।बसमा ४९ जना सवार थिए । बाँकी घाइते भएको र उनीहरूलाई उपचारका लागि अस्पतालमा लगिएको छ । थाइल्याण्डमा हरेक वर्ष लगभग २० हजार व्यक्तिको सडक दुर्घटनाका कारण मृत्यु हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, १२ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते
धनकुटामा बस दुर्घटना हुँदा एकजनाको मुत्यु, १४ जना घाइते
शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते