काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न ३ जनालाई काठमाडौँका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका १ घर भई हाल काठमाडौँको जोरपाटी बस्ने १८ वर्षीय रवि कुमार चौधरी, पाल्पाको तानसेन नगरपालिका ६ घर भई हाल काठमाडौँको नयाँबस्ती बस्ने १९ वर्षीय मनिष थापा मगर र सिन्धुपाल्चोकको ईन्द्रवती गाउँपालिका १ घर भई हाल काठमाडौँको नयाँपाटी बस्ने २० वर्षीय विशाल तामाङलाई हिजो साँझको समयमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
वास्तविक नम्बर प्रदेश २-०२-००४ प ६६५० नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०१७ प ७५ ०५ राखी चलाइरहेको अवस्थामा हिजो साँझ ५ बजे चौधरीलाई काठमाडौँको चाबहिल गंगाहिटीमा फेला पारी सोधपुछ गर्दा उक्त मोटरसाइकल तामाङले दिएको भनी जानकारी गराउनसाथ तामाङलाई पनि काठमाडौँको जोरपाटी नयाँ बस्तीबाट नियन्त्रणमा लिएको हो ।
अनुसन्धानका लागि मोटरसाइकलमा पछाडि सवार थापा मगरलाई नियन्त्रणमा लिएको बताइएको छ । उक्त मोटरसाइकल काठमाडौँको नरेफाँटबाट हराएको भनी नरेफाँट बस्ने सोनु कारकले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १४ फागुन २०८१, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनका गहना चोरी गर्ने पक्राउ
चितवनमा २ महिनामै १८ वटा चोरीका घटना, ३० जना पक्राउ
मोटरसाइकल चोरीमा संलग्न एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा
मोटरसाइकल चोरीमा संलग्न दुईजना प्रहरी नियन्त्रणमा