काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को पक्षमा आफ्नो पार्टी कहिल्यै पनि नरहेको बताएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा महासचिव घनश्याम भूसालले यस्तो बताएका हुन् ।‘एकीकृत समाजवादीका लागि एमसीसी कहिलयै ठिक रहेन । हामीले कसरी मात्रै ठिक रहन्छ भन्नेमात्रै प्रश्न भनेका हौं । व्याख्यात्मक टिप्पणीमा पनि केही समस्या हुनसक्छन् । हामीले स्वीकार गर्छौं,’ उनले भने ।
एमसीसी संसद्बाट पारित भएकाले यसको अनुगमन पनि संसदीय रुपमै हुुनपर्ने कुरा आफ्नो पार्टीले सुरुदेखि नै भनिरहेको भूसालले बताए । ‘एमसीसी संविधानसँग बाझ्ने कुरामा, हाम्रो सबैभन्दा ठूलो कुरा छ । तयसको लेखापरीक्षण लगायतका तमाम कुरामा हाम्रो रिजर्भेसन रहेको हो,’ भूसालले भने, ‘नेकपा एकीकृत समाजवादी संस्थागथ रुपमा एमसीसीको पक्षमा रहेन भन्ने कुरा हामी जानकारी गराउँछौं । यो संसद्बाट पारित भएकाले अनुगमन पनि संसदीय हुनुपर्छ भनेर हामीले आवाज उठाइरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, १४ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी र नेकपा एसबीच एकीकरण हुने लगभग निश्चित, यस्तो छ सहमति
नेकपा एसले बोलायो सचिवालय बैठक
चुनावको तयारी गर्न घनश्याम भुसालको नेतृत्वमा नेकपा एसले बनायो कार्यदल
‘जेन जेड पुस्ताको आन्दोलनमा सरकारले हिंसात्मक दमन गर्यो’: नेकपा एस
रुपन्देही-३ उपनिर्वाचनका लागि नेकपा एसबाट सात जना सिफारिस
नेकपा एसको कार्यालयमा शिक्षक महासंघको धर्ना, ध्यानाकर्षण पत्र बुझाउने