बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा यस वर्ष पहिलोपटक हिमपात भएको छ। लामो समयको खडेरीपछि आइतबार साँझदेखि वर्षासँगै यहाँ हिमपात भएको हो।
हिमपातका कारण यसक्षेत्रमा चिसो बढेको छ। हिमपात भएपछि बालीनाली फस्टाउने आशामा किसान हर्षित भएका छन्।
हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकले जानकारी दिए। हिमपातका कारण चिसो बढ्दा जनजीवन भने कष्टकर भएको छ। गत शुक्रबारदेखि मौसममा खराबी आए पनि आइतबार साँझदेखि मात्रै वर्षासहित हिमपात भएको विकले बताए।
हिमपातले गर्दा घोडा खच्चड तथा वस्तुभाउलाई घाँस दान हाल्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ ढोरपाटनका प्रेमबहादुर घर्ती मगरले बताए। गत महिना यहाँ सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन। वर्षासहितको हिमपातले बालीनाली राम्रो हुने विश्वास गरिन्छ।
खडेरीका कारण बारीमा लगाएको बालीनाली सबै सुक्न थालेको अवस्थामा ढिलै भए पनि पानी पर्दा किसान खुसी भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, ०६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा हिमपात
हिमपातले किसानलाई राहत
ढोरपाटनमा भारी हिमपात
हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्रमा हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित