सुनसरी। सुनसरीको धरान- १५ बाट प्रतिबन्धित औषधिसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धरान- १५ की २३ वर्षीया सृजना राई, २० वर्षीया विता थापा राई र दुई जना बालिका छन् ।
लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई गएराति साढे १ बजे पक्राउ गरेको हो ।
उनीहरूको साथबाट प्रतिबन्धित औषधि ट्रामाडोल २०० चक्की बरामद भएको छ । पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषधसहित २३ जना पक्राउ
२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ
सर्लाहीमा गाडी तोडफोड र प्रहरीमाथि ढुंगामुढा गर्ने तीन जना पक्राउ
नेपालगन्जमा दुई चिकित्सकसहित पाँच जना पक्राउ
मन्जुरीविना बिहे गराइदिएको आरोपमा एकजना पक्राउ
ई-सेवा कर्मचारी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ