काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धीमा छुट्टै ऐनको व्यवस्था गर्ने बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार स्वच्छ ऊर्जा रूपान्तरणसम्बन्धी लक्ष्य हासिल गर्न गम्भीर रहेको बताएका हुन् ।
उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेश भएको जानकारी दिए। मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक हालै राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेश भएको र विधेयकलाई छिट्टै प्रतिनिधिसभाबाट पारित गराई ऐनको रूप दिने कार्य आफ्नो उच्च प्राथमिकतामा रहेको बताए ।
विधेयकले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता र ऊर्जा रूपान्तरणको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई नयाँ संगठनमा रूपान्तरण गर्न र नयाँ सन्दर्भमा यसको भूमिका सुनिश्चित गर्न ठोस कानुनी आधार स्थापना गर्न थप मद्दत गर्ने विश्वास व्यक्त गरे ।
मन्त्री खड्काले सरकारले आफ्ना नीति, रणनीति, योजना र लक्ष्यहरूमार्फत नवीकरणीय ऊर्जाको विस्तार तथा ऊर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिएको उल्लेख गरे । हालै मात्र स्वीकृत भएको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१ मा नेपालले अगाडि सारेका स्वच्छ ऊर्जा र जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय लक्ष्यमा नवीकरणीय ऊर्जा दक्ष र स्वच्छ ऊर्जा रूपान्तरणलाई उच्च प्राथमिकता दिएको मन्त्री खड्काको दाबी छ ।
मन्त्री खड्काले सन् २०३५ सम्म जडित क्षमता २८ हजार पाँच सय मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत वार्षिक एक हजार पाँच सय युनिट पुर्याउने लक्ष्यसहित स्वीकृति मार्गचित्रमा राष्ट्रिय ग्रिड नपुगेका स्थानहरूमा अफ ग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत आगामी दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पुर्याउने लक्ष्य मार्गचित्रले लिएको बताए ।
 
                 
                     
                                     
                    
 
                     
                                                 
                                                 
                                                _20251024072916.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ फागुन २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलविद्युत् आयोजनाको वित्त व्यवस्थापन गर्ने समय दुई वर्ष थप