दुर्घटना । बोलिभियामा एउटा बस दुर्घटना हुँदा ३० जना मानिसको मृत्यु भएको छ । चालकले नियन्त्रण गुमाउँदा दक्षिण पश्चिमी जिल्ला योकल्लामा ८०० मिटर तल बस खसेको स्थानीय प्रहरीले बताएका छन् ।
यस घटनामा १४ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा चार जना बालबालिका पनि भएको स्थानीय अस्पतालका एक अधिकारीले भनेका थिए ।
घाइतेमध्ये कयौँको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटना पोतोसी र ओरुरो सहरको बिचमा भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अधिकारीहरूको भनाइ छ ।
यो दक्षिण बोलिभियामा यो वर्षको अहिलेसम्मकै गम्भीर सडक दुर्घटना भएको बताइएको छ । बोलिभियामा सडक दुर्घटना आम घटना हुन् । गएको महिना पोतोसी नजिक भएको अर्को सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेरुको जुनिन क्षेत्रमा बस दुर्घटना: कम्तीमा १८ जनाको मृत्यु, २४ जना घाइते
काभ्रेमा बस दुर्घटना, २३ जना घाइते
मेलम्चीमा बस दुर्घटना, ८ जना घाइते
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते
धनकुटामा बस दुर्घटना हुँदा एकजनाको मुत्यु, १४ जना घाइते
शिक्षकहरू चढेको बस दुर्घटना, १६ जना घाइते