बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदको लागि ५ जनाको नाम सर्टलिस्ट

सफल खबर संवाददाता

सोमबार, ०५ फागुन २०८१, ०८ : ५४
बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदको लागि ५ जनाको नाम सर्टलिस्ट

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष पदको लागि आवेदन दिने आवेदकहरू मध्ये ५ जना संक्षिप्त सूचीमा समावेश भएका छन् ।

सञ्चालक समितिको अध्यक्ष नियुक्तिको लागि नेपाल सरकार समक्ष नाम सिफारिस समितिको फागुन ४ को निर्णयअनुसार यो सूची प्रकाशन गरिएको हो ।

संक्षिप्त सूचीमा समावेश हुनेमा कमल प्रसाद रेग्मी,  चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन् ।

उनीहरूलाई फागुन १० गते दिनको २ बजे सिंहदरबारस्थित अर्थ मन्त्रालयमा व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताको लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस