काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनमा रहेका दलहरूबीच कुनै शंका उपशंका गर्न जरुरी नभएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुई दलबीच उच्च विश्वास र समझदारी रहेको बताए ।
‘विकास, समृद्धि र स्थिरताका लागि नै नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका रहेका दुई ठूला राजनीतिक दलहरूसहित अन्य दलहरू मिलेर वर्तमान सरकारको गठन गरिएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘गठबन्धनमा रहेका दलहरूबीच मुलुकको विकास र समृद्धिलाई निरन्तरता दिई राजनैतिक स्थिरता कायम गर्दै अगाडि बढ्ने विषयमा सत्ता साझेदार दलबीच कुनै शंका उपशंका गर्न जरुरी छैन । हामीबीच उच्च विश्वास र समझदारी रहेको छ ।’
चालु खर्चमा मितव्ययिता कायम गर्दै पूँजीगत खर्चमा वृद्धि तथा आयोजना कार्यान्वयनमा सुधार गर्न बजेट तर्जुमा गर्दा एवं आयोजना छनौट तथा प्राथमिकीकरण गर्दा आयोजना बैंकमा प्रविष्टी भएको, क्षेत्रगत प्राथमिकतामा परेको, लगानीको स्रोत सुनिश्चितता भएको, छोटो समयमा प्रतिफल दिने, आयोजना वर्गीकरण मापदण्ड बमोजिम आयोजनाको सम्पूर्ण पूर्व तयारीका काम सम्पन्न भएका आयोजना मात्र छनौट गर्ने व्यवस्था मिलाइने बताए ।
उनले आयोजना कार्यान्वयनमा शिघ्रता ल्याउन, ठेक्का व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न, सार्वजनिक खरिद कानूनमा सामयिक संशोधन गर्न र अन्तर तह तथा अन्तर निकाय समन्वय कायम गर्न संयन्त्रहरूलाई क्रियाशिल बनाइने बताए ।
‘चालु खर्चमा मितव्ययिता कायम गर्दै पुँजीगत खर्चमा वृद्धि तथा आयोजना कार्यान्वयनमा सुधार गर्न बजेट तर्जुमा गर्दा एवं आयोजना छनौट तथा प्राथमिकीकरण गर्दा आयोजना बैङ्कमा प्रविष्टी भएको, क्षेत्रगत प्राथमिकतामा परेको, लगानीको स्रोत सुनिश्चितता भएको, छोटो समयमा प्रतिफल दिने, आयोजना वर्गीकरण मापदण्ड बमोजिम आयोजनाको सम्पूर्ण पूर्व तयारीका काम सम्पन्न भएका आयोजना मात्र छनौट गर्ने व्यवस्था मिलाइनेछ,’ प्रधानमन्त्री ओलीले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अति कम विकसित देशहरूले सहुलियतपूर्ण वित्तीय सहयोग चाहेका छन्: प्रधानमन्त्री ओली
कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्छ: प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली स्पेन प्रस्थान
महाकाली सन्धि ठीक छ, चाँडै सरकारले कार्यान्वयनमा ल्याउँछ : प्रधानमन्त्री ओली
एसइईको नतिजामा सुधार विद्यार्थी र शिक्षकको मेहनतले आएको हो: प्रधानमन्त्री
केही स्वार्थीहरुलाई एमालेको महाधिवेशन लागेको छ, हाम्रो मिसन २०८४ हो : प्रधानमन्त्री ओली