काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अमेरिकामा गैरकानुनी रुपमा बसिरहेका नेपालीलाई उक्त देशले नेल, हत्कडी र जन्जीर लगाएर डिपोर्ट गर्न सक्ने भन्दै सचेत रहन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै केसीले यसरी नेपालीलाई अमेरिकाले डिपोर्ट गरे विश्व समुदायमै नेपालको छवि धमिलिन सक्ने बताए । ‘नेपालका कयौँ नागरिक गैरकानुनी रुपमा अमेरिकामा छन् । नेपाली नागरिकलाई पनि भारतीयलाई जसरी अमेसरकाले नेल, हत्कडी र जन्जीर लगाएर अमानवीय कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ ’, उनले भने, ‘यदि यो विषयमा ध्यान नदिएमा विश्व समुदायमा समेत नेपालको प्रतिष्ठामा आँच पुग्नसक्छ । त्यसैले यदि अमेरिकामा गैरकानुनी तबरबाट नेपाली लुकेका छन् भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’
उनले भारतीय नागरिकलाई जेल लगाएर अमेरिकाले डिपोर्ट गरेको विषयले पश्चिमाहरुले दिनेगरेको मानव अधिकारको दुहाईको विश्वमै धज्जी उडेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विदेशमा रहेका नेपालीलाई सीआईएले कब्जा गरेर घण्टीमा भोट हाल्न लगाएको केसीको आरोप
चित्रबहादुरको प्रश्न- पैसा कमाएका कारणले वंशजको नागरिकता पाइन्छ ?
जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा कालीगण्डकी दोहन : चित्रबहादुर केसी