काठमाडौं । नेकपा एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल चुनिएकी छन् । अध्यक्षमा दाहाल र रेवन्त गौतमले दाबी गरेका थिए ।
अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाल अध्यक्ष र गौतम बरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको हो । नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र (आरसी) अधिकारीले पाएका छन् । शपथ ग्रहणको कार्यक्रम आइतबार राखिएको छ ।
गौतम पक्षले निर्वाचनबाट र दाहाल पक्षले सहमतिबाट नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग राख्दै आएका थिए । तर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको निर्देशनमा आज दाहाल नेतृत्वको कार्यसमिति घोषणा गरिएको हो ।
निर्वाचनबाट नेतृत्व चुन्ने कि सहमतिबाट भन्नेमा विवाद हुँदा महाधिवेशन दुई दिनसम्म लम्बिएको थियो । माघ ३० गते राष्ट्रिय सभागृहमा उदघाटन गरिएको महाधिवेशन फागुन १ गतेसम्म चल्ने पूर्वतालिका रहे पनि आज फागुन ३ गते मात्र नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, १५ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ, वरिष्ठ उपाध्यक्षबाट स्वतः नेतृत्व हस्तान्तरण
राप्रपा निर्देशक समितिको अध्यक्षबाट लोहनीले दिए राजीनामा
मधेसमा उम्मेदवार बन्न दलका अध्यक्षको ताँती
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
छठले राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्छ: राष्ट्रियसभा अध्यक्ष दाहाल
नाउपाले लालवीर चौधरीलाई बनायो अध्यक्ष