एजेन्सी । प्यालेस्टिनी समूह हमासले रिहा गर्न लागिएका थप तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ । युद्धविराम सम्झौता रद्द गर्ने चेतावनीबीच हमासले हिजो तीन जना बन्धकको नाम सार्वजनिक गरेको हो ।
उनीहरू आज रिहा हुनेछन् । आज रिहा हुनमा साशा ट्रुपानोभ, सागुई डेकेल–चेन र यायर हर्न रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सूचीमा यसपटक पनि हमासको कब्जामा रहेका भनिएका नेपालका विपिन जोशी परेका छैनन् ।
बदलामा इजरायली जेलबाट ३६९ प्यालेस्टिनीहरू रिहा हुने अलजजिराले जनाएको छ ।
गाजा युद्धविरामअन्तर्गत सम्झौताको दोस्रो चरणमा अर्को हप्ता शुरू हुनेछ। युद्धविराम सम्झौताअन्तर्गत छैटौं पटक बन्धक र प्यालेस्टिनी कैदी आदानप्रदान हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०३ फागुन २०८१, ०८ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो